शिक्षक-अभिभावक नै यस्ता,विद्यार्थी कस्ता ?

-निर्जला कक्षपती धनुषा घोडघाँस गाविस वडा नं ७ का विद्यालय जाने उमेर समूहका स–साना नानीहरु अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय गएर पढ्नु भन्दा घरको कामलाई नै प्राथमिकता दिनु उनीहरुको मजबुरी बनेको छ । २१ औं शताब्दी सम्म आइपुग्दा पनि यहाँका बालबालिका तथा अभिभावकमा शिक्षा प्रति मोह नजाग्नु भनेको शिक्षाको महत्व नबुझ्नु नै हो । वडा नं ७ मा रहेको यो घोडघाँस गाविसमा अधिकांस तत्मा बस्ती रहेको छ । तत्मा भनेको दास थर हो । दलित र जनजातीको बाहुल्यता रहेको यो बस्तीमा चमार, डोम, मुसहर, पासवान जातीका मानिसहरु बस्ने गर्छन् । यस जातीका मानिसहरुको मुख्य व्यवसाय भनेको खेतीपाती गर्नु र ...

विस्तृत

भर्ना अभियान विवाद : शिक्षकले अभिभावकलाई दोष दिन मिल्छ ?

विष्णु विवेक । नयाँ शैक्षिक सत्र शुरुदेखि नै विद्यालय बाहिर रहेका ६ लाख बढी विद्यार्थीलाई भित्र्याउने लक्ष्य लिएर शिक्षा मन्त्रालयले पुरानै ढर्राको अभियान चलाइरहेको छ ।  विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन भर्ना हुने विद्यार्थीलाई स्वागत कार्यक्रम, निःशुल्क पाठ्यपुस्तक वितरणदेखि घरदैलोसम्मका कार्यक्रम सञ्चालित छन् । तर विद्यार्थी विद्यालयसम्म नआउनु तथा भर्ना भएका विद्यार्थी पनि विद्यालयमा नटिक्नुको दोष शिक्षकले अभिभावकलाई र अभिभावकले शिक्षकलाई लगाउँदै आएकामा शिक्षा सरोकारवालाहरुबीच नै विवाद देखिएको छ । मन्त्रालय र शिक्षा विभागको नेतृत्वमा हरेक जिल्ला शिक्षा कार्यालयले  ५० हजार रकम बुझेर घर घरै पुगेर विद्यार्थी फकाउन लागिपर्दा सुगमका धेरैजसो विद्यार्थी र अभिभावकको पहिलो रोजाई महंगो ‘बोर्डिङ’ स्कुल ...

विस्तृत

साढे ५ लाख बालबालिका विद्यालयबाहिर

वैशाख २, २०७३- सरकारले १२ वर्षदेखि भर्ना अभियान चलाउँदै आए पनि अझै साढे ५ लाख बालबालिका विद्यालयबाहिर छन् । यसवर्ष पनि सरकारले ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर बिहीबारदेखि भर्ना अभियान सञ्चालन गर्दैछ । विज्ञहरूका अनुसार हरेक वर्ष तामझामका साथ गरिने सरकारी भर्ना अभियानले सीमान्तकृत र अल्पसंख्यक समुदायका बालबालिकालाई विद्यालयमा तान्न सकेको छैन । शिक्षा विभागका अनुसार आधारभूत तह (कक्षा १–८) सम्म अध्ययन गर्ने उमेर समूहका ५ लाख ५१ हजार ५ सय ४२ बालबालिका विद्यालयबाहिर छन् । तिनमा प्राथमिक तह अध्ययन गर्ने उमेर समूहका मात्रै १ लाख ६ हजार तीन सय ७ बालबालिका छन् । रौतहटमा सबभन्दा ...

विस्तृत