धनुषामा शिक्षक व्यवस्थापन समस्या

IMG_5569

12

प्रदेश २ को  राजधानी जनकपुरधाम रहेको धनुषा जिल्ला राजनीतिक र सांस्कृतिक रुपमा आगाडि रहे पनि शैक्षिक रुपमा भने पछाडि रहेको छ । एकातर्फ विद्यालयमा विद्यार्थीहरुको विद्यालय छोडने प्रवृत्ति बढी छ भने अर्काेतर्फ शिक्षक व्यवस्थापन नहुंदा धनुषाको शैक्षिक सुधारमा चुनौति रहेको देखिन्छ । विद्यार्थीले विचमै विद्यालय छोडने प्रवृत्ति, नक्कली शिक्षक, कक्षामा शिक्षकको नियमितता नहुनु, र भएका शिक्षकको पनि उचित व्यवस्थापन हुन नसक्नु वीचको संक्रमणकालिन अवस्थामा धनुषाको शैक्षिक अवस्था कमजोर बनिरहेको छ ।

धनुषाको साक्षरता प्रतिशतलाई हेर्दा अहिले ७० प्रतिशतको हाराहारीमा रहेको अनुमान गरिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार भने धनुषामा साक्षरता प्रतिशत ५० दशमलव ७ रहेको छ । जसमा पुरुषको ६० दशमलव ६ र महिलाको ४० दशमलव २ प्रतिशत साक्षरता रहेको छ । धनुषामा विद्यार्थी भर्ना दरलाई हेर्दा ९० प्रतिशत माथि रहेको देखिन्छ । हरेक वर्ष हुने राष्ट्रिय भर्ना अभियानले भर्ना दरलाई बढाएको हुन्छ । शुरुको कक्षामा हुने भर्ना दरलाई हेर्दा उत्साहजनक नै देखिन्छ । तर भर्ना भएका विद्यार्थीहरुको क्रमश विद्यालय छोडने प्रवृत्तिको तथ्यांक हेर्दा भने निकै भयानक देखिन्छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार धनुषामा कक्षा १ मा १०० जना विद्यार्थी भर्ना हुंदा कक्षा ५ मा पुग्दा ८० जना बांकी हुन्छन । त्यही विद्यार्थी कक्षा ८ मा पुग्दा ६५ र कक्षा १० सम्म पुग्दा त झनै घटेर ४५ जना मात्र बांकी हुन पुग्छन । यो गत वर्षको सरकारी तथ्यांक हो । अझ गैरसरकारी संस्थाको तथ्यांकमा त त्यो भन्दा बढी विद्यालय छोडने प्रवृत्ति देखिन्छ । धनुषामै शिक्षामा कार्यरत गैरसरकारी संस्था आसमानका अनुसार कक्षा १ मा भर्ना हुने १०० जना विद्यार्थी मध्ये कक्षा ५ मा पुग्दा ३६ प्रतिशत मात्र बांकी रहन्छन । यति ठुलो संख्यामा धनुषाका विद्यालयमा विद्यालय छोडने प्रवृत्ति घटन नसक्नुमा विद्यालयमा शिक्षक व्यवस्थापन हुन नसक्नु पनि एउटा प्रमुख कारण रहेको राजनीतिज्ञ, विज्ञ एवं सरोकारवालाहरुको धारणा छ ।
गरिवी र चेतनाको कमीले धनुषा लगायत तराईका जिल्लामा विद्यालय छोडने प्रवृत्ति बढी देखिन्छ । खासगरी डोम चमार लगायत दलित र विपन्न समुदायका परिवारमा यो समस्या बढी छ । विद्यालय वीचमै छोडनेमा बालिका नै बढी हुने गर्छन । अर्काे कुरा, शिक्षक आफनो जिम्मेवारीप्रति जवाफदेही नभई दिंदा पनि भर्ना भएका विद्यार्थीलाई टिकाउन मुश्किल देखिन्छ । यस सम्बन्धमा सामाजिक विकास मन्त्री नवल किशोर साह भन्छन, ‘पर्याप्त शिक्षक नहुंदा र भएकाको पनि उचित व्यवस्थापन हुन नसक्दा समस्या देखिन्छ । व्यवस्थापनको पहल भइरहेको छ ।’
शिक्षक व्यवस्थापन हुन नसक्दा विद्यार्थीले विद्यालय छाडने कारण एउटा जस्तो देखिए पनि यसका असरहरु भने धेरै देखिन्छन । शिक्षक व्यवस्थापन नहुंदा विद्यालयको वार्षिक नतिजा कमजोर हुने, विद्यालयप्रति विद्यार्थी र अभिभावको आकर्षण घटने, सकि नसकीIMG_5653 (1) आफना छोराछोरी संस्थागत विद्यालयमा भर्ना गर्नुपर्ने, सामुदायिक विद्यालयप्रति समुदायको विश्वास घटने, शिक्षकको मनोबलममा गिरावट आउने र अन्ततः विद्यालय कि मर्ज हुने कि बन्द हुने अवस्थामा पुगेका धेरै असरहरु धनुषाका विद्यालयमा देखिन्छ । यति मात्र होइन, विद्यार्थी अनुपातमा शिक्षकको कमी, विषयगत शिक्षकको अभाव, योग्यता अनुसार दरबन्दी मिलान नहुनु, भाषाको समस्या, सरुवाको समस्या, शिक्षक नियुक्ति र सरुवामा राजनीतिक प्रभाव, दण्ड पुरस्कारको व्यवस्था नहुनु जस्ता कठिनाइ पनि विद्यालयले भोगिरहेको छ । जसका कारण धेरै अभिभावकको पहुंच बनेको सामुदायिक विद्यालय कमजोर हुंदा समग्र जिल्लाकै शैक्षिक अवस्था खस्किरहेको छ । अन्य जिल्लाको तुलनामा संख्यात्मक रुपमा शिक्षकको कमी धनुषामा देखिदैन । तर विद्यार्थी संख्याको आधारमा विद्यालयको आवश्यकता र माग अनुसार भने शिक्षक व्यवस्थापन हुन सकेको छैन । कम विद्यार्थी भएको ठाउंमा बढी शिक्षक र बढी विद्यार्थी भएको ठाउंमा कम शिक्षक हुनु नै धनुषामा शिक्षक व्यवस्थापनको मूल समस्या हो । धनुषाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्थापन समस्याको रुपमा देखिन्छ । सदरमुकामदेखि टाढा रहेका गाउंपालिका र नगरहरुमा भएका सामुदायिक विद्यालयमा विद्यार्थी बढी भए पनि शिक्षक अपुग देखिन्छ । सदरमूकाम र सहरी क्षेत्रका विद्यालयहरुमा भने विद्यार्थी कम भए पनि शिक्षक संख्या बढी देखिन्छ । अर्काे समस्या नक्कली शिक्षक पनि देखिन्छ । नियुक्ति पत्र बोकेर तलव खाएका शिक्षक भेटिन्छन । तर उनिहरु कहाँ पढाइरहेका छन रेकर्ड भेटिदैन । राजनीतिक प्रभाव र दबाबका आधारमा यस्तो हुने गरेको शिक्षकहरु बताउंछन । नगराइन नगरपालिका वडा नं ८ मा रहेको श्री अखिलेश्वर नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक वासुदेव प्रसाद साह प्रयाप्त शिक्षक नहुंदा चाहेर पनि नयाँ विद्यार्थी धेरैे भर्ना गर्न नसकिएको बताउंछन । संस्थागत (निजी) विद्यालयबाट समेत आफनो विद्यालयमा विद्यार्थी आउने गरेको बताउने साह, पटक पटक माग गर्दा पनि शिक्षक नपाएको दुखेसो पोIMG_5616ख्छन । यो विद्यालयमा गैरसरकारी संस्था आसमानको सहयोगमा अंग्रेजी माध्यममा पढाइ हुने र विषयगत कमजोर विद्यार्थीलाई निशुल्क अतिरिक्त कक्षा संचालन गरिदा पढाइको गुणस्तर र विद्यार्थीको आकर्षण बढेको पाइन्छ ।
धनुषामा कुल शिक्षक संख्या २ हजार ५ सय ८३ रहेको छ । जबकी दरबन्दी संख्या २ हजार ४३ मात्र रहेको छ । त्यसमध्ये स्थायी दरबन्दी संख्या १ हजार ७ सय ५ रहेको छ भने अस्थायी शिक्षक संख्या ३३८ र राहत शिक्षक संख्या ५ सय ४० रहेको छ । धनुषामा ३ सय ७१ साधारण विद्यालय र ७२ वटा मदरसा शिक्षालय रहेको छ । ती विद्यालयहरुमा १ लाख ११ हजार विद्यार्थी पठनपाठन गर्छन । सरकारी मापदण्ड अनुसार विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्थापन गर्ने हो भने एक शिक्षक बराबर हिमालमा ४० विद्यार्थी, पहाडमा ४५ तथा तराई र उपत्यकामा ५० विद्यार्थी आवश्यक हुन्छ ।
तथ्यांकलाई आधार मान्ने हो भने विद्यार्थीको तुलनामा धनुषामा शिक्षकको कमी देखिदैन । तर, आवश्यकता अनुसार शिक्षकको बांडफांड नहुंदा शिक्षक व्यवस्थापन कमजोर देखिन्छ । जस्तै, मापदण्ड अनुसार तराईमा ५० जना विद्यार्थी बराबर १ शिक्षकको आवश्यक्ता हो । तर धनुषामा कुल शिक्षक संख्या र कूल विद्यार्थी संख्या दांजेर हेर्दा १ शिक्षक बराबर ४३ जना मात्र विद्यार्थी पर्न आउंछ । यसबाट स्पष्ट हुन्छ कि सही ठाउंमा सही निर्णय हुन नसक्दा विद्यालयमा शिक्षक व्यवस्थापनको स्थिति कमजोर छ । यसो हुनुमा पनि राजनीकि दवाव र प्रभाव मुख्य कारण देखिन्छ । हेर्दा सामान्य जस्तो लागे पनि यसले धनुषाको गुणस्तरीय शिक्षालाई मात्र असर पारिरहेको छैन कि समग्रमा प्रदेश २ र देशकै कै साक्षरतालाई असर पारेको छ ।
विद्यार्थीको संख्या र विद्यालयको आवश्यकताको आधारमा शिक्षकहरुको नियुक्ति, विषयगत शिक्षकहरुको व्यवस्था, शैक्षिक योग्यता अनुसार जिम्मेवारी बाँडफाँड नै शिक्षक व्यवस्थापन हो । धनुषामा यो हुन सकिरहेको छैन । यो अहिलेको मात्र नभई पुरानै समस्या हो । अभिभावकले वर्षाैदेखि खेप्दै आएको यो समस्या अहिले निर्वाचित जनप्रतिनिधिलाई टाउको दुखाईको विषय बनिरहेको छ ।
लछमनिया गाउंपालिकाका अध्यक्ष विन्देश्वर यादव विषयगत शिक्षक नहुंदा आफनो ठाउंमा शिक्षा प्रणाली कमजोर रहेको बताउंछन । उनका अनुसार विषयगत शिक्षक नहुंदा पढाइलेखाइ कमजोर छ । संस्थागत विद्यालयमा आठ दशहजार पारिश्रमिकमा राम्रो पढाई हुन्छ तर सामुदायिकमा कम्तिमा ३० हजार तलव हुंदा पनि पढाइ लेखाई राम्रो छैन । राजनीतिक दबाब र प्रभावले दरबन्दी मिलानमा समस्या देखिएको छ । अब छिटृै आफनो अधिकार प्रयोग गरी शिक्षक व्यवस्थापनमा देखिएको समस्यालाई हटाइनेछ । सकिन्छ, दरबन्दी सहित शिक्षक माग्छौं नभए आफै नयाँ नियुक्ति गरिनेछ ।
गणेशमान चारनाथ नगरपालिकाका उपमेयर मिना यादव पनि शिक्षक व्यवस्थापन जरुरी भएको बताउंछिन । राजनीति नै शिक्षक व्यवस्थापनमा समस्याको जड भएको उनको ठम्याइ छ । उपमेयर यादवले भनिन, ‘अटेर गर्ने शिक्षकलाई हटाउनै पर्ने अवस्था आए पनि पछि हटने छैनौं । शैक्षिक सुधारको लागि जे गर्न पनि तयार छौं ।’
त्यस्तै २ नं. प्रदेश सभा सदस्य एवं नेपाली कंग्रेस संसदीय दलको नेता समेत रहनु भएका रामसरोज यादव शिक्षक व्यवस्थापनमा राजनीतिक हावी र हस्तक्षेपलाई स्वीकार्छन । स्थानीय तह र प्रदेशको कानून नबनेको अवस्थामा कहांबाट सुधारको लागि शुरु गर्ने ? अवस्था अन्यौल रहेको उनको बुझाइ छ । त्यसो त धनुषाका सबै सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापनको समस्या छ भन्ने होइन । केही विद्यालयमा शिक्षक व्यवस्थापनका राम्रा र नौला अभ्यासहरु छन । तिनलाई अन्य विद्यालयहरुमा पनि लान सके धनुषाको शैक्षिक स्थितिमा सुधार ल्याउन सकिने अनुभव शैक्षिक सुधार अभियन्ताको रुपमा सक्रिय राधा कोइरालाको छ ।
हालै धनुषाका विभिन्न विद्यालयहरु संंस्कृत माध्यमिक विद्यालय ज्ञानकुप, जनकपुर उपमIMG_5618हानगर पालिका वडा नं. ८, श्री अखिलेश्वर नाथ आधारभूत विद्यालय, नगराइन नगरपालिका वडा नं ८ तथा श्री मिथिला राष्ट्रिय प्राथमिक विद्यालय, घोडघांस गाविसमा गरिएको अनुगमबाट पनि पुष्टि हुन्छ कि शिक्षक व्यवस्थापन नहुंदा विद्यालय र विद्यार्थीहरुको हरेक चरणमा कमजोर स्थिति देखिन्छ । संस्कृत मावि र श्री अखिलेश्वर नाथ आधारभूत विद्यालयमा विद्यार्थीको तुलनामा शिक्षकको संख्या कम देखिन्छ भने श्री मिथिला राष्ट्यि प्राथमिक विद्यालयमा विद्यार्थीको तुलनामा शिक्षकको संख्या बढी देखिन्छ । यसले गर्दा विद्यालयमा विद्यार्थीको सिकाइदेखि नतिजा, समुदायको विद्यालय प्रतिको विश्वासमा कमी लगायतमा समस्या पाइयो । यस प्रति विद्यालयका शिक्षक, जनप्रतिनिधि, अभिभावक तथा सरोकारवालाहरु चिन्तित देखिन्छन् ।

तसर्थ राजनैतिक, सांस्कृतिक र धार्मिक रुपमा अगाडि रहेको प्रदेश २ को राजधानी जनकपुरधाम रहेको धनुषालाई शैक्षिक रुपमा पनि अगाडि ल्याउने हो भने विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्थापन जरुरी छ । शिक्षक नियुक्ति र सरुवा बढुवामा हुने दबाब र प्रभावको अन्त्य हुनुपर्छ । यसका अलावा विषयगत शिक्षकको व्यवस्था, शिक्षक राजनीतिक प्रभावबाट मुक्त हुुनुपर्ने ,कानूनको प्रभावकारी कार्यान्वयन, शिक्षकले विद्यार्थीसंग गुणस्तरीय समय बिताउने, शिक्षक विद्यालय र विद्यार्थीप्रति जिम्मेवार र जवाफदेही हुने , विद्यार्थीलाई मित्रवत व्यवहार गर्ने, शिक्षक समयमै विद्यालय प्रवेश, नियमित हाजिर, विद्यार्थीको कुुरा बढी सुन्ने लगायतका कार्यमा विद्यालय तथा शिक्षकले ध्यान दिनसके धनुषाका विद्यालयले सकारात्मक नतिजा ल्याउनेमा दुइमत छैन । यसो हुन सकेमा धनुषाको मात्र होइन प्रदेश २ र मुलुककै समग्र शैक्षिक अवस्था माथि उठछ । यसले समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको सपना साकार पार्न पनि सहयोग पुग्नेछ ।

(लेखक शिक्षा पत्रकार समूहको महासचिव हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *