विद्यालय शान्ति क्षेत्र सिद्धान्तले पुग्दैन कार्यान्वयन होस्

विद्यालय शान्ति क्षेत्र, राजनीतिक प्रतिवद्धता कार्यान्वयनका चुनौती विषयमा आज राजधानीमा सरोकारवाला विच अन्तरक्रिया सम्पन्न भएको छ ।
शिक्षा पत्रकार समुह र बालबालिका शान्तिक्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियानको संयुक्त आयोजना तथा विश्व शिक्षा कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा पुर्व शिक्षा मन्त्री, शिक्षाविद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बाल अधिकारर्मी, विभिन्न विद्यार्थी संगठनका नेता, शिक्षासंग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शिक्षा पत्रकारहरुको सहभागिता रfor-wibesirहेको थियो ।
कार्यक्रममा सहभागिहरुले सरकारले २०६८ सालमै विद्यालय शान्ति क्षेत्र घोषणा गरी कार्यान्वयनका लागि निर्देशिका जारी गरिसक्दा पनि यसको कार्यान्वयनमा कहांकहां, कोबाट कसरी बाधा र अवरोध आयो अनि देखिएका अबरोध र चुनौतिको अन्त्य गरी विद्यालय क्षेत्रलाई राजनीतिक दबाब र प्रभाव मुक्त गर्न के गरियो ? र के  गर्न सकिन्छ भन्ने सम्बन्धमा आआफ्ना धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा सहभागि पुर्व शिक्षामन्त्रीदेखि सरोकारवाला सबैले विद्यालय क्षेत्रमा बन्द र हडताल गर्ने प्रमुख तत्व विद्यार्थी संगठन र शिक्षक नै भएकोमा जोड दिनु भयो ।
उहांहरुले शिक्षक र विद्यार्थी संगठनहरुकै कारण १४५ दिनसम्म विद्यालय बन्द भएको देखिएको र अबका दिनमा यस्तो अवस्था आउन नदिन उनिहरु जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले, बालबालिकाको लागि सबै भन्दा सुरक्षित ठाउं भनेको आमाको काखपछि विद्यालय हाता हो भन्दै  बालबालिकाको अध्ययन स्थल शान्त र सुरक्षित हुनु पर्ने बताउनु भयो ।
पुर्व शिक्षक हुंदै राजनीतिमा आई शिक्षा मन्त्री हुनु भएका नेता तुलाधरले विद्यालय क्षेत्रमा अबका दिनमा कुनै पनि बहानामा बन्द हडताल गर्न नहुने बताउनु भयो ।
विगतको सशस्त्र द्धन्दको क्रममा सबै भन्दा बढी प्रभावित क्षेत्र विद्यालय र कलेज नै  भएको र त्यसबाट धेरै बालबालिका पढनबाट बंचित भएकाले अब त्यस्तो दिन नआओस भनेर त्यसबाट पाठ सिक्दै आफु शिक्षा मन्त्री हुंदा विद्यालय शान्ति क्षेत्र घोषणा  सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगि निर्णय गरिएको जानकारी गराउनु भयो ।
उहांले विभिन्न क्षेत्रबाट कार्यान्वयन नहुने प्रस्ताव नलैजान भन्दै दबाब दिएको र विरोध गरेको अवस्थामा पनि आफुले विद्यालयलाई राजनीतिक दबाब प्रभाव मुक्त बनाउन मन्त्रिपरिषदको निर्णयको कार्यान्वयनको लागि निर्देशिका पनि जारी गरिएको बताउनु भयो । सरकारले गरेको निर्णय र जारी निर्देशिका अब कार्यान्वयन गर्नु आजको आवश्यक्ता हो भन्दै यसलाई कार्यान्वयनमा ल्याउन सहयोग गर्न सबैलाई आव्हान गर्नु भयो ।
राजनीतिक दल र भातृ संगठनको प्रतिवद्धताकै आधारमा विद्यालय शान्ति क्षेत्र सम्बन्धमा सरकारी निर्णय र निर्देशिका आइसक्दा पनि कार्यान्वयनमा नआउनु लज्जाको विषय हो भन्दै कानुनको पालना  शिक्षण संस्थालाई लीिक्षत गरी बन्द हडताल नगर्न विद्यार्थी संगठन र दलहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा विद्यार्थी नेता लेखनाथ न्यौपानेले, पुर्वशिक्षामन्त्री तुलाधरको भनाइ लोकिप्रिय भएपनि कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी विद्यार्थीहरुको आन्दोलनलाई खुइल्याउने र धज्जी उडाउने किसिमको भएकोले समर्थन गर्न नसकिने बताउनु भयो ।
विधिको शासन स्थापित नभइसकेको, मागको सुनुवाइ नभएको अवस्थामा शासकीय दृष्टिकोणमा परिवर्तन नल्याएसम्म विद्यालय क्षेत्र शान्ति हुन नसक्ने बताउनु भयो ।  विदेशीको बुद्धिमा शान्तिको नारा लगाउंदैमा न विद्यालय, न समाज न राष्टमा नै शान्ति आउने उहांले बताउनु भयो ।
विद्यार्थी नेता गुरु घिमिरेले, सिद्धान्तले मात्र भात पाक्ने भए सिद्धान्तको गीत गाइरहिन्थ्यो । सिद्धान्तले भात पाक्दैन भन्दै सिद्धान्तको लडाईलाई टुंगोमा पुर्याउन व्यवहार र क्रियाकलाप गरेर देखाउन आवश्यक भएको बताउनु भयो । उहांले, विद्यालय शान्ति क्षेत्र भन्ने घोषणा सरकारको मात्रै हैन, यसलाई सबै सरोकारवाला मिलेर साकार बनाउने प्रतिवद्धता साथ फेरी अघि बढ्न आवश्यक रहेको बताउनु भयो । दलहरु घोषण गरिदिने छोडिदिने प्रवृत्ति पनि कार्यान्वयन हुन नसक्नुको चुनौती भएको उहांले बताउनु भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन तथा सार्क शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले,  हामी विद्यालय बन्द गर्ने पक्षमा छैनौं तर त्यसका लागि सरकारले शिक्षक र विद्यार्थीको आवश्यक्ता पुरा गरिदिनु आवश्यक छ ।
शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष कुमार भटृराईले अरु देशमा राजनीतिक द्धन्द्धमा पनि विद्यालय क्षेत्र बन्द नभएको उदाहरण प्रस्तुत गर्दै बन्दको संस्कृति अन्त्य गर्न नेपालका राजनीतिक दल र तिनका भातृ संगठनले त्यसबाट सिक्नु पर्ने बताउनु भयो ।
विप्लव माओवादीका लालबहादुर विसीले पुर्वाग्रही सोचबाट र डलरको खर्चबाट आएको विद्यालय शान्ति क्षेत्र लागु हुनै नसक्ने बताउनु भयो ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विदेशी संस्थाको सहयोगमा यस्ता अन्तरक्रिया गरेर फजुल खर्च गरिएको र अब नगर्न आग्रह गर्नु भयो । उहांले शान्तिका नाममा गरिने अन्तरक्रिया र खर्चको रकम विद्यालयको भौतिक निर्माणमा खर्च गरिएमा उपलव्धी हुने बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा अभिभावकहरुले  कुनै पनि बहानामा अब विद्यालय क्षेत्रमा बन्द हडताल गर्न नहुने,   गरेका प्रतिवद्धता कार्यान्वयन गरेर देखाउनु पर्ने र सबै विद्यालयका विव्यवसमिति तथा प्रअहरुले अठोट गरी कुनै पनि बहानामा विद्यालय बन्द नगर्ने प्रतिवद्धता जाहेर गर्नुपर्नेमा जोड दिन भयो ।
कार्यक्रममा बालअधिकारकर्मी एवं बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्टिय अभियानका अध्यक्ष कृष्ण सुवेदीले अन्तरक्रियाको उद्देश्यमा विषय प्रवेश गराउंदै मुलुकको भविष्यलाई सुनिश्चित गर्न विद्यालय शान्ति क्षेत्र हुन भनी अभियान अघि बढाइएको  भनी जानकारी गराइएको यो । उहांले भोलिको भविष्य बालबालिका हुन भन्दै विद्यालय शान्ति क्षेत्र हुन भन्नेमा सिद्धान्तत सबै राजनैतिक दल र विद्यार्थी संगठनले कार्यान्वयनमा प्रतिवद्धता जनाए पनि कायान्वयन तहमा बाधा परिरहेको बताउनु भयो ।
कार्यक्रममा शिक्षा पत्रकार समुहका पुर्व अध्यक्ष प्रकाश सिलवालले  विद्यालय शान्ति क्षेत्र अभियानका सन्दर्भमा शिक्षा पत्रकार समुहले गरेको अभियान, विभिन्न कार्यक्रम तथा  विद्यालय शान्ति क्षेत्र घोषणा भए यता विद्यालय बन्दको अवस्था र त्यसको अन्त्यका लागि विभिन्न पक्षबाट भइरहेको पहलका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
मिडियामा आएका समाचारलाई विश्लेषण गरी प्रस्तुत गरिएको कार्यपत्रको निष्कर्षमा विद्यालय क्षेत्रमा बन्द हडताल गर्न पाईदैन भनेर घोषणा गरिए पनि र निर्देशिका जारी गरि पनि यसको कार्यान्वयन हुन नसक्नुमा विद्यार्थी संगठन र तिनका नेता नै मुख्य कारण हुन भन्ने देखिएको र १४५ दिनसम्म विद्यालय बन्द भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *