प्रहरीले पनि विद्यार्थी प्रयोग गर्नु गलत हो

तुलसी भण्डारी 

वीरगन्ज । आफ्नो छवि सुधार्ने क्रममा नेपाल प्रहरीले सुरु गरेको ‘प्रहरी मेरो साथी’ अभियान पर्सामा पनि भरपुर विद्यार्थीको प्रयोग गरी कार्यक्रम संचालन गरिएको छ । विभिन्न १० विद्यालयका २०९ जना विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराई पर्सा प्रहरीले पनि प्रहरी मेरो साथी अभियान चलाएको हो । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा नेपालका राजनीतिक दलहरुले विद्यार्थीलाई हदैसम्म प्रयोग गरिरहेका वेला पर्सा प्रहरीले पनि यो क्रमलाई जोडतोडले साथ दिएको छ ।
नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रहरी मेरो साथीको एउटै अवधारणामा आबद्ध गर्ने उद्देश्य नेपाल प्रहरीको रहे पनि पर्सामा भने नागरिक केन्द्रित भन्दा पनि विद्यार्थी केन्द्रित बढि भएको छ । देशभरीका स्कूल तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट नेपाल प्रहरीलाई अझै नागरिक मैत्री बनाई अपराध दूर्घटना र सामाजिक विकृती विसंगतिहरुको नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्नमा नागरिकको भूमिका जस्ता समसामयिक बिषयहरुमा प्रशिक्षण तथा चेतनामूलक कार्यक्रमको माध्यमबाट अपराधको न्यूनिकरण गर्ने, देशभरी प्रहरीका साथीहरुको सञ्जाल बनाई आवश्यक सम्पर्क र सहकार्य गर्ने र नेपाल प्रहरी र समुदायमा संस्थागत रुपमा विकसित गर्दै लैजाने प्रहरीको मूल ध्येय भए पनि पर्सामा भने विद्यार्थी लिएर कार्यक्रममा गएका शिक्षक र अभिभावक वाहेक थप नागरिकको अपस्थिति शून्यप्रायः रह्यो ।
पर्सा प्रहरीले विद्यार्थी प्रयोग गरेको कार्यलाई अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य तथा पर्साका सबै विद्यार्थी संगठनहरुको छाता संगठनका रुपमा रहेको संयुक्त विद्यार्थी सञ्जालाका संयोजक प्रभाकर गुप्ताले त निकृष्ठ कार्य भएको बताए । विद्यालय शान्ति क्षेत्र घोषणा भईसकेको अवस्थामा राज्य3-27 P 5को जिम्मेवार निकाय नेपाल प्रहरीबाट नै विद्यार्थीलाई जासुस बनाउने गरी प्रयोग गर्नु आपत्तिजनक र निन्दनीय छ उनले भने । विद्यालयहरुमा सुरक्षा अवस्थाको सन्दर्भमा विद्यार्थीलाई सचेत बनाउने वहानामा प्रहरीले केही कक्षा लिन्छु भन्दा विद्यार्थी संगठन चुप लागेको सन्दर्भलाई प्रहरीले कमजोरी ठानी विद्यार्थीहरुलाई प्रहरीको फूलि थप्ने कार्यमा प्रयोग गर्नु ठिक होइन उनले थपे ।
विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा प्रहरीले पनि विद्यार्थी नै प्रयोग किन ग¥यो ? भन्ने जिज्ञासामा पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले स्वेच्छाले विद्यार्थीहरु आएको भनी हचुवा जवाफ दिए । प्रहरीले गरेको कार्यक्रमा नागरिकको तर्फबाट नागरिक अगुवाहरु समेत उपस्थित नरहेको ठाउँमा विद्यार्थी मात्र उपस्थित हुनु राम्रो संकेत नभएको बालबालिकाका क्षेत्रमा काम गर्ने सानो पाइला नामक गैर सरकारी संस्थाका संचार प्रमुख सुवीर घोषले राजधानीसँग बताए । बालबालिकाका लागि एड्भोकेसी गर्ने संस्थाहरुले कार्यक्रमहरुमा मात्र ठूल्ठूला कुरा गरेको पाइयो । यो निकै गैर जिम्मेवारी हो उनले भने ।
देशका अरु ठाउँमा प्रहरी मेरो साथी अभियान पहिलो भए पनि पर्सामा भने ३ महिना पहिलेबाट नै ‘प्रहरी हाम्रो साथी’ नाम दिएर पर्सा प्रहरीले विभिन्न सामाजिक हितका कार्य सम्पादन गर्दै आएको थियो । सोमबार गरिएको कार्यक्रम भने प्रहरी हाम्रो साथी भन्ने कार्यक्रमकै निरन्तरता भई प्रहरी मेरो साथी मात्र भएको पाइयो स्थानीय संचारकर्मी राम सर्राफले भने । पर्साका लागि भने यो ५० औं सृंखला भयो उनले भने । पर्सा प्रहरीले आफू जापान गएको समयमा त्यहाँ प्रहरी नागरिकको साथी भन्ने नीति देखेर पर्सा आए लगत्तै आफूले पनि यो कार्य प्रारम्भ गरेको पर्साका प्रहरी उपरिक्षक राजु बाबु श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *