महिनावारीको बेला छात्रालाई काउन्सेलिङ्ग गर्नुको साटो घर पठाईन्छ

janakpurko-kanya-mabi

सुजीत कुमार झा
जनकपुरधाम
जनकपुरको एउटा सामुदायिक विद्यालयमा केही दिन पहिला गएको थिए । विद्यालयको प्रधानध्यापक साग कुराकानी गरिरहेकै बेला झ्यालबाट विद्यार्थीहरुको एउटा झुण्ड जम्मा भएको देखे । प्रधानाध्यापक पनि चिन्तित हुदै त्यो झुण्ड केको हो शिक्षकहरुसाग सोध्न थाले केही मिनेट पछि थाहा पाए एक जना छात्रालाइ महिनाबारी भएपछि उ रुन थालेकी थिइन् ।  किन रोएको भन्दै त्यहाा भीड भएको थियो ।
आश्चर्य मलाई त्यो बेला लाग्यो जब ती छात्रालाइ समान्य सम्झाई बुझाई घर पठाईयो । ऊ रुदै घर गएकी थिईन । त्यही विद्यालयका अर्का छात्रा रिना -नाउ परिवर्तन) को पनि यो भन्दा फरक स्थिति थिएन । दूई साता पहिला मात्रै रिनालाई पनि विद्यालयमै एक घण्टा जति तनावमा बिताउनु परेको थियो । रिनाको पिता अम्बुज साहले छोरी विद्यालयमा रोईरहेको खबर पाएपछि विद्यालयबाट घर ल्याएका थिए । हामीसाग कुराकानी गर्दै अम्बुजले भन्नुभयो साथीहरुको बीचमा छोरी  त्यत्तिकै रोईरहदा पनि विद्यालय प्रशासन पूर्ण रुपले अनभिज्ञ थिए ।
धनुषा जिल्लाका सरकारी विद्यालयहरु अहिले सम्म महिला मैत्री हुन नसकेको उदाहरण यो एकदूई वटा मात्रै होईन यस्ता दर्जनो रहेको छ । अहिले सम्म विद्यालयमा युवायुवतीहरुको शरीरमा देखिएको परिवर्तन सम्बन्धमा खुलेर जानकारी सम्म गराईदैन ।

पहिलो पटक महिनावारी हुने समयमा किशोरावस्थाका महिलाहरुलाई खासै केही पनि थाहा हुदैन । पहिलो पटकको महिनावारी कहिले हुने र के कस्ता सावधानी अपनाउनुपर्ने त्यो जानकारी दिनैपर्छ । घरमै सवै जानकारी भईहाल्छ यो सोचनै गलत रहेको जानकारहरु बताउाछन । पहिलो पटकको महिनावारीको समयमा कतिपय छात्रा बेहोस समेत हुने गरेको देखिएको छ  ।

महिलाका लागि जिल्लामा रहेको एक मात्र सकल भवन कन्या उच्च माध्यमिक विद्यालय जनकपुरलाई महिलामैत्री विद्यालय मानिन्छ । तर उक्त विद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीहरु विद्यालय पूर्णरुपले महिलामैत्री नरहेको गुनासो गरेका छन । छात्राहरुले आफुहरुलाई महिला सम्बन्धी कुनै किसिमको समस्या आएपछि त्यसका लागि कुनै विशेष व्यवस्था नरहेको गुनासो समेत गरेका छन । कक्षा १० मा अध्ययनरत  पुजा कुमारी मण्डल भन्छिन हामीहरुका लागि एउटा मात्र शौचालयको व्यवस्था छ यसवाहेक खासै कुनै व्यवस्था गरिएको छैन ।

dhanushko-dhanushadham-mabika-bidhalayharu
सो विद्यालयका ८,९र१० कक्षाका ४० जना छात्रासाग मैले महिला शिक्षिकाको मद्दतले कुराकानी गर्दा १० जना छात्रालाई मात्रै महिनावारी सम्बन्धी जानकारी रहेको थियो । त्यसमा पनि महिनावारी भएको बेला के कस्ता साबधानी अपनाउनुपर्ने ४ जना छात्रालाई मात्रै थाहा भएको पाइयोे ।

janakpurko-kanya-mabika-chatra
कहिलेकाही कुनै कुनै छात्राहरुलाई कक्षाकोठामै महिनावारी भइ हाल्नेगरेको त्यहााका शिक्षकहरु बताउछन ।
कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी पुजा चौधरी भन्छिन  महिनावारी भएपछि त्यस विद्याथीलाई केही सम्झाई बुझाई सिधै घर पठा दिने गरिन्छ, विद्यालयमा कुनै व्यवस्था छैन ।
कन्या उच्च माविका शिक्षिका मिना घिमिरे पनि स्वीकार गर्छिन त्यस्तो अवस्थामा काउन्सेलिङ्ग गर्छु तर कुनै सुबिधा दिने अवस्था छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *